अब लक्षण नदेखिएका स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण नगरिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको परीक्षणका सम्बन्धमा नयाँ मापदण्ड लागू गर्ने भएको छ। उक्त मापदण्डअनुसार अब लक्षण नदेखिए अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको समेत कोरोना परीक्षण गरिने छैन्। मन्त्रालय मातहत रहेको इन्सिडेन्ट कमान्ड सिस्टमको भदौ २८ गते बसेको बैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने निर्णय गरेको हो।

कमान्ड सिस्टमको निर्णयको बुँदा नम्वर ५ मा उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाई कर्मचारीमा कुनै लक्षण देखिए वा ब्यक्तिगत सुरक्षा सामग्री उपयुक्त ढंगले नलगाएको शंका लागेमा मात्रै पीसीआर परीक्षण गर्ने उल्लेख गरिएको छ। साथै रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार निर्णय कार्यान्वयनका लागि कमान्ड सिस्टमले क्याबिनेटमा पत्र पठाउने तयारी गरेको छ।

बैठकले अबदेखि कोरोना संक्रमित विपन्न नागरिकको उपचार निस्शुल्क गर्ने र अन्यको उपचार अफ्नै खर्चमा गर्ने निर्णयको प्रस्ताव क्याबिनेटमा लैजाने तयारी गरेको छ।मन्त्रालयका प्रवक्ता डा‍। गौतम भने यो विषय अझै छलफलका क्रममा रहेको बताउँछन्। ‘हाल छलफलकै क्रममा रहेकाले मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र यो लागू हुने होु, उनले भने।

उक्त निर्णय लागू भएपछि विपन्न बाहेक अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने छ । यसअघि सरकारले तोकेका अस्पतालमा सबै कोरोना संक्रमितको उपचार खर्च ब्यहोर्दै आएको छ। सरकारले विपन्न नागरिकका लागि कडा खालका रोगको उपचार खर्च ब्यहोर्दै आएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *