अब नेपाल सीधै विश्वकप क्रिकेट खेल्न पाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप २०२१ को ग्लोबल क्वालिफायर सीधै खेल्न पाउने भएको छ ।

उक्त क्वालिफयरमा २०२० को विश्वकपका पुछारका चार टोलीसँगै अन्य चार टिमले सहभागिता जनाउने भएको आईसीसीले जनाएको छ ।

आईसीसीले १ जनवरी २०२० को वरीयताक्रमलाई आधार बनाएको छ । जसअनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले ग्लोबल क्वालिफायर खेल्नेछन् ।

टी–ट्वान्टी विश्वकपमा १६ टोलीले सहभागिता जनाउँदै छन् । जसमध्ये पुछरका चार टोलीले विश्वकप २०२१ को क्वालिफायर खेल्नुपर्नेछ ।

२०२१ को विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।

आईसीसीले सन् २०२१ मा आयोजना हुने भनिएको आठ टोली सम्मिलित आईसीसी च्याम्पियन्स ट्रफीको स्थानमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने भएको हो ।भारतमा आयोजना हुने उक्त अतिरिक्त प्रतियोगितामा बाँकी आठ टोली ११ क्षेत्रीय छनोट प्रतियोगिताबाट चयन हुनेछन् ।११ क्वालिफायर आईसीसीको पाँच क्षेत्रमा हुनेछ । उक्त पाँच क्षेत्र अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया प्रशान्त र युरोप हुन् । यसको अर्थ कुल १६ टोलीले २०२१ विश्वकपका लागि क्वालिफायर खेल खेल्नुपर्नेछ ।दुई वटा क्वालिफायरमा आठ–आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एउटा क्वालिफायरबाट दुई टोलीले विश्वकप २०२१ मा सहभागी हुने मौका पाउनेछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *