अबिरल वर्षापछि यस्तो छ पृथ्वी राजमार्गको अवश्था(फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पृथ्वी राजमार्गमा दर्जानौ ठाउमा पहिरो जादा यातायात पूर्णरुपमा ठप्प भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प भएको हो । सडकको पहिरो पन्छाउन अझै केही समय लाग्न सक्ने अधिकारीहरुले बताएका छन् ।


चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो । खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ । पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । यसैगरी बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा झरेकाका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *