अबिरल वर्षापछि कालिकोटमा पहिरो,६ जना बेपत्ता
अबिरल वर्षापछि आएको पहिरोमा परि कालिकोटको महाबैका ६ जना बेपत्ता भएका छन् । गएराति गएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जना बेपत्ता भएका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलका अनुसार घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जना बेपत्ता छन् । उनीहरु सबै तिजको रमाइलो गर्न त्यहाँ जम्मा भएका थिए ।