अफगानिस्तानमा दुर्घटनाग्रस्थ विमान तालिबानले खसालेको पुष्टि

वासिङ्टन – सोमबार अफगानिस्तानस्थित तालिबान नियन्त्रित क्षेत्रमा सैन्य विमान दुर्घटना भयो ।
उक्त दुर्घटनालाई अमेरिकी सेनाले पुष्टि गरेको छ । तर कसरी घटना भयो भन्नेबारे केही उल्लेख गरेको छैन । विद्रोही समूहले भने उक्त दुर्घटना आफूले गराएको दावी गरेको छ । अमेरिकी पक्षबाट भने कुनै दुश्मनको संकेत नदेखिएको बताइएको छ । अधिकारीका अनुसार विमानमा जम्मा १० जना थिए ।
सामाजिक सञ्जालमा उक्त दुर्घटनाको तस्बिर र भिडिओ भाइरल नै भएको छ । विमान सोमबार घजनी प्रान्तको देह याक जिल्लामा दुर्घटना भएको हो । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विमानलाई खसालिएको जनाएका थिए ।
(Visited 1 times, 1 visits today)