अफगानिस्तानमा आत्मघाती कार विष्पोट, ९ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार विष्पोटमा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

आक्रमणकारीहरुले चौकीलाई निशाना बनाएर कार बम विष्फोट गराउँदा अर्को सवारीमा यात्रा गरिरहेका सर्वसाधारण परेका थिए । मृत्यु हुनेमा २ महिला समेत रहेका छन् । उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् । यद्यपि, हेलमन्ड प्रान्त अन्तर्गत पर्ने सो क्षेत्र तालिवानहरुको गढ क्षेत्र मानिन्छ ।एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *