अफगानिस्तानको छुट्टाछुट्टै स्थानमा भएको आक्रमणमा परी ५० जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अफगानिस्तान, अफगानिस्तानको छुट्टाछुट्टै स्थानमा भएको आक्रमणमा परी ५० जनाको मृत्यु भएको छ । आक्रमणमा परी १ सय जनाभन्दा बढी घाइते भएका छन् । दक्षिणी कलात सहरस्थित एक अस्पतालमा तालिबानले बम बिस्फोट गराउँदा कम्तिमा २० जनाको मृत्यु भएको हो । बिस्फोटमा परी ९५ जना घाइते भएका छन् । मारिनेमा अस्पतालका चिकित्सक र बिरामीहरु रहेका छन् । विस्फोटक पदार्थले भरिएको मिनिट्रक अस्पतालको बाहिर विस्फोट गराइएको प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् । विस्फोटका कारण अस्पताल भवन ध्वस्त भएको छ । तालिबानले अस्पताल नजिकैको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको अनुमान गरिएको छ । अफगानिस्तानकै नागहा प्रान्तमा अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा परी ३० सर्वसाधारण मारिएका हुन् । आईएस लडाकू लुकेको ठाउँलाई ध्वस्त गर्ने उद्देश्यका साथ गरिएको आक्रमणमा परी अन्य ४० सर्बसाधारण घाइते भएको बताइएको छ ।
आमनिर्वाचन नजिकिँदै जाँदा अफगानिस्तानमा तालिवानले आक्रमणका घटनालाई तीव्र बनाएका छन् । अफ्गानिस्तानमा नौ दिनपछि राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । सन् २ हजार १ मा तालिबानलाई सत्ताबाट अपदस्थ गरिए यता अफ्गानिस्तानमा हुन लागेको यो चौथौं राष्ट्रपतीय निर्वाचन हो । तालिबानले मतदान अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *