अफगानिस्तानको एक चुनावी र्‍यालीमा विस्फोट, २६ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उत्तरी अफगानिस्तानमा राष्ट्रपति असरफ गनीका निम्ति भएको एउटा चुनावी र्‍यालीमा भएको विस्फोटनमा परेर कम्तीमा २६ जना मानिसहरू मारिएको अधिकारीहरूले बताएका छन्।
पर्वान प्रान्तमा भएको उक्त विस्फोटनमा घाइते भएका दर्जनौँ मानिसहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

केही खबरहरूमा जनाइएअनुसार एउटा बम सुरक्षाकर्मीले प्रयोग गर्ने गाडीमा जोडिएको थियो र राष्ट्रपति गनीले सम्बोधन गरिरहेको मञ्च परिसरमा विस्फोट भएको थियो।

त्यसै समयमा राजधानी काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै पनि अर्को विस्फोटन भएको अधिकारीहरूले पुष्टि गरेका छन्। सो घटनामा कम्तीमा ३ जना मारिएका छन्।

यसै महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ।
बीबीसी नेपालीका अनुसार राष्ट्रपति गनी बम विस्फोटन भएका बेला पर्वान प्रान्तको प्रहरी तालिम केन्द्र नजिकै भएको चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका थिए। तालिबानका एकजना प्रवक्ताले भनेका छन्उ नीहरूले राष्ट्रपतिको सुरक्षा गरिरहेका सहितका सुरक्षाकर्मीहरूलाई लक्षित गरेका थिए।

दुवै विस्फोटनको जिम्मा तालिबानले लिएको छ।

तालिबान विद्रोही समूहले शान्ति वार्तामा सहभागी हुनुको साथसाथै हिंसात्मक कारबाही पनि बढाइरहेका छन्।

तालिबानले सेप्टेम्बर २८ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनलाई विथोल्ने धम्की दिएको छ।बिबिसि नेपालीबाट साभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *