अफगानिस्तानकी पहिलो महिला फिल्म निर्देशकमाथि गोली प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अफगानिस्तानकी पहिलो महिला फिल्म निर्देशक सबा साहारमाथि गोली प्रहार भएको छ । उनलाई मंगलबार विच सडकमै गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार साहार कामको सिलसिलामा यात्रा गरिरहेकी थिइन् । उनको कारमा बन्दुकधारीले गोली चलाएका थिए । गोली प्रहारबाट उनका दुई अंगरक्षक पनि घाइते भएका छन् ।

कारमा पाँच जना सवार थिए । जसमा साहारसहित दुई अंरक्षक, चालक र बालक थिए । चालक र बालक सकुशल छन् ।साहारका पति इमल जाकीले पत्नी घरबाट निस्किएको पाँच मिनेटमै गोलीको आवाज सुनिएको बताएकाछन् । त्यसपछि उनले पत्नीलाई फोन गर्दा आफूलाई पेटमा गोली लागेको बताएकी थिइन् । उनको शल्यक्रिया गरी गोली निकालिएको बताइएको छ । निर्देशक साहार महिला अधिकारकर्मी पनि हुन् । उनी अफगानिस्तानमा लोकप्रीय छिन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *