अपहरणमा परेका मगरको आठ घण्टापछि सकुसल उद्दार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अपहरणमा परेका रामेछापका २१ बर्षिय नरेश थापा मगरलाई ८ घण्टापछि मकवानपुर प्रहरीले सकुशल उद्दार गर्न सफल भएको छ । उनलाई बुधवार बिहान पौने ३ बजे ४ जनाको समुहले हटौंडा ४ फरेष्ट्रि क्याम्पस गेट अगाडिबाट अपहरण गरेका थिए । अम्लेखगंजबाट काठमाडौं जान लागेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा यात्रारत मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सिमा आएका काठमाडौं पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती, कंचनपुरको श्रीपुर ६ बस्ने २९ वर्षीय सुनिता धामी र धादिङ नेत्रावती घर भएका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामाले कुटपटि गरी मगरलाई नियन्त्रणमा लिएका हुन् ।

अपहरणकारीले मगरसंगै आएका काभ्रे मण्डनपुरका २८ बर्षिय सरोज सापकोटालाई समेत कुटपिट गरेको बुझीएको छ । अपहरणकारीले मगरलाई बा २ च ५३५६ नम्बरको ट्याक्सीमा राखी हेटौंडा उपमहानगरपालिका ९ लामसुरेकी सरस्वती तामाङको घरमा बन्धक बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोबाइलको कल लोकेशनका आधारमा मगरलाई ८ घण्टापछि उद्दार गरेको जानकारी दिएको छ । प्रहरीले अपहणमा संलग्न र बन्धक बनाउन सहयोग गर्ने पाँचै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसनधान गरिरहेको प्रहरीले बताएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *