अपडेट : गणेश अपार्टमेन्टमा प्रहरीको छापा,२२ किलो ५६७ ग्राम सुन बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो । सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । विशेष सूचनाको आधारमा छापा मार्दा अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं.कोठामा सुन तथा चाँदी लुकाइ राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भारत पूर्वी चम्मपारण हरैयाका अशोक सिन्हा बस्दै आएका फ्लैटमा १ केजी दरका १३ वटा, मझौला विस्कुट ४६ पिस, साना विस्कुट एक सय ग्रामका १० पिस लगायत सुनचादीको गहना प्रहरीले बरामद गरेको हो । यता प्रहरीले पठाएको विज्ञप्तीमा सुधार गर्दै सुन जस्तै देखिने बस्तु भनेर विज्ञप्ती पठाउको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *