अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस नारामा मात्रै सिमित,सुदुरपश्चिमका महिलाहरु भने आधारभूत अधिकारवाट समेत बन्चित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ठुला शहर र सदरमुकामहरुमा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लाखौं खर्च गरेर भाषण लगायतका कार्यक्रम हुने गरेका छन । तर सुदुरपश्चिमका पहाडी जिल्लाका महिलाहरु भने एक्काइसौ शताब्दीमा पनि महिला आधारभूत अधिकारवाट समेत बन्चित हुँदै आएका छन ।

मानव विकास सुचकांकमा समेत पछाडि रहेको सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका महिलाहरुको अवस्था अझैपनि दयनीय रहेको छ । छाउपढी प्रथाले जरो गाडेको यो क्षेत्रमा महिलाहरु अहिलेपनि महिनवारी हुँदा छाउगोठमा बस्न बाध्य छन् भने शिक्षा र चेतनाको अभावका कारण हिंसा पनि ब्यहोर्न बाध्य हुने गरेका छन् । शहरमा निक्कै धुमधामका साथ महिला दिवस मनाएपनि डोटीका ग्रामिण क्षेत्रका बासिन्दालाई यो दिवस कहिले र किन मनाइन्छ भन्ने समेत थाहा छैन ।

सुदुरपश्चिमको पहाडी क्षेत्रका महिलाहरु सामाजिक, आर्थिक र शिक्षा क्षेत्रमा निक्कै पछाडी रहेका छन् । अन्यत्र नारी दिवसका कार्यक्रम भैरहदा डोटीका महिलाहरु काममा जोतिन बाध्य छन । आफुले काम गरेको उचित पारिश्रमिक समेत नपाउने तितो अनुभव उनीहरुसँग छ ।

सरकारले न्यूनतम ज्याला पाँच सय ५० रुपैया निर्धारण गरेपनि डोटीमा अहिलेपनि २ सय ५० रुपैयामा महिलाहरु श्रम गर्न बाध्य छन । टाढाबाठाले महिलामाथि शोषण गर्दा पनि आफ्नो गुनासो सुनिदिने कोही नभएको यहाँका महिलाको गुनासो छ ।

सुदुरपश्चिमको डोटीलाई केन्द्रविन्दु बनाएर महिला हक र अधिकारका क्षेत्रमा काम गर्ने थुप्रै संघसंस्थाले समेत सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । सामाजिक संघसंस्थाका कार्यक्रम पनि सदरमुकाम केन्द्रित हुँदा महिलाको अवस्थामा खासै फरक हुन सकेको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *