अन्तिम समयमा फितलो बलिङ गरेपछि नेपाल जिम्बाबेसँग पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रायन बुर्ल र रिचमन्ड मुतुम्बामीले छैटौं विकेटका लागि ६९ रनको साझेदारी गरेपछि नेपाल जिम्बाबेसँग पराजित भएको छ।त्रिकोणात्मक टी-२० शृंखलाअन्तर्गत इन्डियन एसोसिएसन ग्राउन्ड सिंगापुरमा भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार गर्‍यो। नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन। जिम्बाबेविरुद्ध डेब्यू गरेका इसान पान्डे दोस्रो ओभरमै ४ रनमा पेवेलियन फर्किए। कप्तान पारस खड्का १८, आरिफ शेख ८, कुशल मल्ल २ तथा सन्दीप जोरा १७ मा आउट भए। नेपालका कुनै पनि खेलाडीले लामो साझेदारीका लागि योगदान गर्न सकेनन्।

यद्यपि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी ९४ रन तथा सोमपाल कामी ९अविजित २५ रन ले नेपालको इनिङलाई उकास्न खोजेका थिए। दीपेन्द्रले आफ्नो पारीमा ५ चौका प्रहार गर्दा सोमपालले ३ छक्का हिर्काए।अन्तिमसम्म मैदानमा रहेका विनोद भण्डारीले ११ रन बनाउँदै सोमपाललाई सघाएका थिए।

जिम्बाबेलाई जितका लागि अन्तिम ६ ओभरमा ५१ रन आवश्यक रहे पनि त्यसपछिको ३ ओभरमा दुवै मिली ४७ रन हिर्काएका थिए। अन्तिम समयमा फितलो बलिङ गर्दा नेपाल हार्न पुगेको हो। १५औं ओभरमा दीपेन्द्रले १५ रन, १६औं ओभरमा अविनाश बोहराले ९ तथा १७औं ओभरमा कुशल मल्लले २३ रन दिएका थिए।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *