अन्तराष्ट्रिय नारी दिवसकै दिन कपीलवस्तुमा एक महिलामाथि तेजा,ब प्रहा’र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तराष्ट्रिय नारी दिवसकै दिन कपीलवस्तुमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । महाराजगञ्ज नगरपालिका–१ मा ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि तेजाब प्रहार गरिएको हो । तेजाब प्रहारबाट गुप्ता घाइते भएकि छिन । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिएका छन।

महिलाको निधार र शरीरमा तेजाब परेको छ । तेजाब आक्रमणपछि गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको प्रहरीले बताएको छ ।

वरईले क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ । तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *