अन्तत यसरी पक्राउ परे निवर्तमान सभामुख कष्णबहादुर महरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट सनिबार सांझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा संसद सचिवालयकी पीडीत कर्मचारीले शुक्रबार महरा विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिईन् । जाहेरी पछि शनिबार काठमाण्डौ जिल्ला अदालतले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले बालुवाटबाटै महरालाई नियन्त्रणमा लिएको हो । महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको हो । उनँलाई तीन कुने प्रहरी वृतमा लगीएकोे छ ।

महरालाई यसअघि चढ्दै आएको सवारी साधनमा राखेर लगिएकाले हतकडी लगाईएको वा नलगाईएको बारे त्यहा उपस्थिति संचारकर्मीलाई पनि जानकारी गराईएको छैन ।

महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार कारवाही अघि बढाईने प्रहरीले जनाएको छ ।
महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै पीडीत महिलाले बयान फेर्दै आएपनि शुक्रबार भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिईसक्नुभएको छ । १२ गते रातीको घटना १३ गते सार्वजनिक भएपछि अशोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उहाँलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *