अन्तत : मुख खोले अभिनेता अनमोल केसीले, ,पैसा दिन तयार छु’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं नेपाली चलचित्रका चर्चीत अभिनेता अनमोल केसीले आफूविरुद्ध लगाइएको ठगीको आरोपबारे मुख खोलेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूविरुद्ध लगाइएको ५ लाख रुपैयाँको ठगीको आरोपमा प्रस्टीकरण दिँदै सञ्चारमाध्यमबाट यस्तो खबर सुन्दा आफू स्तब्ध भएको बताएका छन् ।

उनले चलचित्र ‘धुपौरो’ को कथा पढेर साइन गर्दा अग्रिम भुक्तानी एड्भान्स ५ लाख रुपैयाँ लिएको स्वीकारेका छन् । तर, पछि चलचित्रको पूरा कथा पहिले पढिएको भन्दा फरक भएपछि स्क्रिप्टमा काम गरौंभन्दा नमानेको र पैसा फिर्ता लैजान भन्दा पनि निर्माणपक्षले नलिएको अनमोलले फेसबुकमा उल्लेख गरेका छन् ।

अनमोलले ‘धुपौरो’ निर्माण टिमले जुन समयमा पनि एड्भान्सका रूपमा दिएको ५ लाख रुपैयाँ फिर्ता लिन आए दिन तयार रहेको जनाएका छन् । उनलाई चलचित्र ‘धुपौरे’को निर्माण पक्षले ५ लाख रुपैयाँ लिएको भन्दै केही दिनअघि प्रहरीसामु उजुरी दर्ता गराउन पुगेको थियो ।

यद्यपि ठाडो निवेदन आएको भन्दै अदालत जान सुझाउँदै उजुरी दर्ता नगरिएको महानगरीय प्रहरी परिसर टेकु एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका थिए । चलचित्र ‘धुपौरे’मा साइन गरे पनि छायांकनमा नआएको भन्दै निर्माण पक्ष निवेदन लिएर आएको एसएसपी सुवेदीले बताए ।

अहिले अनमोल चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनका लागि काठमाडौंबाहिर छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *