अनेक बाहानामा पत्रकारहरु माथि ज्याजति भइरहदा पनि सरकार उदासिन:डा प्रकाशशरण महत्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली काँग्रेसको अनुगमन समितिले कोरोना महामारीका बेला पत्रकारहरु माथि भईरहेका ज्याजति माथि सरकार उदासिन रहेको जनाएको छ ।

सोमबार नेपााल पत्रकार महासंघसंग भएको छलफलका क्रममा समितिका संयोजक डा प्रकाशशरण महतले अनेक बाहानामा पत्रकारहरु माथि ज्याजति भइरहदा पनि सरकार उदासिन रहेको बताएका हुन । उनले कोरोना महामारीका बेला सरकारले अभिभावको दायित्व निर्वाह गर्न नसकेको आरोप समेत लगाए ।

छलफलमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारगृहले पत्रकारहरुमाथि अन्याय गरेको भन्दै चरणबद्ध आन्दोलन गरिएको बताए । उनले पत्रकारको अधिकार स्थापीत गर्न राज्य नै उदासिन रहेको पनि बताए ।

छलफलमा अगुवा पत्रकारहरुले अहिले पत्रकारहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए । बिभिन्न संचार गृहहरुले लामो समय सम्म काम गरिरहेका पत्रकारहरुलाई समेत बेरोजगार बनाई रहेका सुचनाहरु आइरहेको भन्दै त्यसमा दलहरुले पनि चासो देखाउनुपर्ने सहभागीको भनाइ छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *