अनसनमा रहेका डा केसीलाई प्रहरीले ट्रमा सेन्टर लग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् । डा.केसी जुम्लाबाट नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् ।डा. केसीलाई उनका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको छ ।

डा. केसीलाई विमानस्थलबाटै जवरजस्ती रुपमा ट्रमा सेन्टरमा लगिएको डा केसीका सहयोगी हिमालयन कार्कीले बताए । डा.केसीलाई हामीले टिचिङ लैजान लागेका थियौँ, विमानस्थलबाट प्रहरी उहाँलाई जवरजस्ती ट्रमा सेन्टरमा लिएर गयो, कार्कीले भने ।

डा. केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा. केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको डा. केसीका सहयोगी कार्कीले बताए ।

आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै उनलाई ट्रमा सेन्टर पुर्‍याइएपछि एम्बुलेन्सबाट नओर्लने अडान लिएका थिए ।

कार्कीले भने, “डा. केसीले ट्रमा जान मान्नुभएको थिएन । तर टिचिङ हस्पिटलकै एम्बुलेन्समा डिएसपीसहित आएर ट्रमातिर लानु भयो । डा. केसीसँगै छु म उहाँले आफुलाई जवरजवस्ती लगेको भनेर ट्रमामा एम्बुलेन्सबाटै नओर्लने अडानमा हुनुहुन्छ ।”

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *