अनलाइनबाट चिठ्ठा परेको भन्दै १३ लाख ठगीगर्ने पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

झापाको अर्जुनधारा नगरपालिका ९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा झापा विर्तामोड नगरपालिका २ चारपानेबाट पंकजलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएका हो।

उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी फेला परेको छ।

उनको घरबाट नगद दुई लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई गोठको गोबरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ।उनीमाथी थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *