अधिकार र अस्तीत्व सुरक्षित गर्नुपर्ने भन्दै पर्यटन मजदुर आन्दोलीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्यटन मजदुर अधिकार र अस्तीत्व सुरक्षित गर्नुपर्ने भन्दै पर्यटन क्षेत्रका मजदुरहरुले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

पर्यटन मजदुर संघर्ष समिति गठन गरेर उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामो समयको लकडाउन र अहिलेका अवस्थामा सहज रुपमा काम नपाएको, कार्यरत संस्थाबाट निकालिएको , सेवा सुविधाबाट बञ्चित हुनुपरेको भन्दै विरोध जनाएको बताएका छन् । उनीहरुले पर्यटन मजदुरलाई बेवास्ता गर्न पाइदैन, पर्यटन मजदुर अधिकार स्थापित गर लगाएतका प्लेकार्ड बोकी प्रदर्शन गरेका हुन् । पर्यटन मजदुर संघर्ष समितिका संयोजक प्रकाश राईले आफुहरुको जायज माग कसैले नसुनेकाले विरोधमा उत्रनुपरेको बताएकाछन् ।

समितिले आफुहरुको माग सुनुवाइ नभएसम्म निरन्तर रुपमा विरोध गर्ने जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *