अदभुत सोनामाई,जहा भुतहरुको मेलालाग्छ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ सोनामाईमा बोक्सी र भुत प्रेत नियन्त्रण मेला शुरु भएको छ । तन्त्रसिद्धीमा विश्वास गर्नेहरुको यस मन्दिरमा चहलपहल बड्ने गर्छ।

राजदेवी मन्दिरका अगाडी भूतप्रेतबाट प्रताडीत मानीएका कारनीहरु आफनो परिचय दिदै कपाल फिजाएर नाच्ने, उफ्रने, लुगा च्यात्ने र झम्टने जस्ता क्रियाकलाप गर्ने गर्छन । सोनामाई मन्दिरका पुजारीका अनुसार शक्तिपीठको ८ वर्ग किमी सीमा क्षेत्र भित्र पाइला टेक्नासाथ कारनीहरु काम्न थाल्छन ।भूतप्रेतले सताईएकाहरुलाई कारीनी भन्ने गरिन्छ ।

तन्त्र शास्त्रमा विश्वास गर्नेका लागि घटनास्थापनादेखि महानवमीसम्मको अवधि अत्यन्तै महत्वपुर्ण मानिन्छ । त्यसैले तान्त्रिकहरु यस अवधीमा सिद्धि प्राप्तीका लागि विभिन्न शक्तिपीठ पुग्ने गरेका छन भने तन्त्रमन्त्रबाट सताइएको भनिएकाहरु पनि रोगमक्तिका लागि शक्तिपठ पुग्ने गरेका छन । महोत्तरीको सोनामाई मन्दिरमा पनि अहिले तन्त्र मन्त्र सिद्धीका लागी पुग्नेको ओइरो लागेको छ ।

सोनामाईको मन्दिरमा सोनामाईको मूर्ति छ । मन्दिर परिसरमै राजदेवीको काठको मौलो छ, जहाँ यो अदभुत मेला लाग्छ । तान्त्रिकहरुले पूmल अक्षता ल्वांग सुपारीले मौलो पुजा गर्छन, त्यसपछि कारनीहरु भूत खेल्न थाल्छन् ।

करीव दुई घण्टा लामो पूजा सकेर मूल पुरोहित हातमा छडी लिई थकित भएका कारनीहरु बकाउन कठोर प्रक्रिया अपनाउछन् । मूल पुजारीको आदेश नमान्ने कारनीलाई उसको जीउमा चढेको दुष्ट आत्माको अटेरपन मानी पुजारीले सार्वजनिक रुपमै निर्मम यातना समेत दिने गरेको देखिन्छ । कतिपयले यसलाई अनधविश्वासको पराकाष्ठा पनि भन्छन ।

जनश्रृति अनुसार सोनामाई मध्यकालमा २ सय वर्ष शासन गर्ने सिंह वंशकी महारानी थिइन भने राजदेवी उनकी दासी थिइन। राजदेवी तन्त्र विद्याको जानकार भएको जनविश्वास अनुसार कारनीहरु मन्त्र उपचारका लागि उनीकहा आउने गरेको जनविश्वास पाइन्छ ।

अन्धविश्वासका कारण वारम्बार बोक्साबोक्सीको नाममा महिलामाथि हुने हिंसा दोहरिरहने महोत्तरी, धनुषा र सिरहामा भूत मेलाको आफ्नै महत्व रहेको जानकारहरु बताउछन ।

रोगमुक्त कारनीले राजदेवीलाई सामथ्र्य अनुसार परेवा ,बोका एवं रागाको भाकल चढाउने परम्परा छ । महानवमीका दिन भक्तजनहरु राँगाको बलि दिएपछि मात्रसोनामाईमा भूतप्रेत बोक्सी नियन्त्रण मेला समाप्त हुने गरेको छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *