अत्ति भयो, संघीयता खारेज गरौं : कमल थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवाश्यक नभएको बताएका छन् । पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा हिजो मात्रै भएको ध्वंसात्मक कृयाकलापले नेपालमा संघीयता आवाश्यक नभएको प्रमाणित गरेको उनको दाबी छ । थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।

मंगलबार बिहान उनले लेखेका छन् : ५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।

यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *