अज्ञात समुहद्वारा रिलायन्स सिमेन्टको रकम लुटपाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देहीको मायादेवी गाउपालिका ३ स्थित रिलायन्स सिमेन्ट उद्योगको रकम लुटपाट गरिएको छ । कर्मचारी अवनिस त्रिपाठीले भैरहवाबाट पैसा लिएर विहिवार बिहान उद्योग फर्कने क्रममा अपरिचित दुई जनाले कुटपिट गरी लुटपाट गरेको रुपन्देहीका प्रहरी उपरिक्षक हेम थापाले जानकारी दिएका छन् ।

लुटपाट भएको रकम ५-६ लाख रुपैयाँ रहेको बताइएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवाहरुले त्रिपाठीलाई घाइते बनाएर रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । घाइते त्रिपाठीको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *