अज्ञात व्यक्तिहरुद्वारा गुल्मीका४४ घरमा चोरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गत तिन दिनको अवधिमा गुल्मीमा अज्ञात व्यक्तिहरुद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुंगा नगरपालीका र गुल्मीदरबार गाउपालिकामा आईतवारदेखि लगातार रुपमा घर तोडफोड गरि चोरी गर्नेक्रम बढ्दै गएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले बताए । यसरी चोरी भएका स्थानहरुमा गुल्मीदरबार गाउँपालीका १ अन्र्तगत बलीथुममा ८ वटा र वडा नम्बर २ अन्र्तगत जुभुङ्गको झिरबासमा २१ गरि २९ घरमा चोरी भएको छ भने त्यसैगरि रेसुंगा नगरपालिका १३ अन्र्तगत दुबिचौरमा १५ वटा घरमा चोरी भएको वडाध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिएका छन् । रातीको समयमा चोरी गर्दै आईरहेका उक्त व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजीहरु फुटाई नगद, गरगहाना र सुन लगायतका सामग्रि चोरी गरि लगेको स्थानीयहरुले बताएका छन् । यसरी चोरी हुनेहरुमा गुल्मीदरबार गाउँपालिका अन्र्तगत झिरबास निवासी कमला पौडेल, डिल बहादुर थापा, एलिना थापा, डिला थापा, कमला थापा, जोग बहादुर कामी लगायत व्यक्तिहरुका घर रहेका छन् । ती घरहरुवाट चोरी गर्नेहरुले प्रति घरवाट ५ हजारदेखि २५ हजार रुपैंयासम्म नगदका सहित ५ तोलासम्म सुन गरि लाखौं रकम बराबरको सामान चोरी गरेको बताईएको छ । त्यसैगरि रेसुंगा नगरपालिका १३ अन्र्तगत दुबिचौरमा आईतवारदेखि लगातार रुपमा चोरी भएको छ । अज्ञात व्यक्तिहरुले दुबिचौर निवासी मिना खत्री, कमला खत्री, खुन बहादुर खत्री, नर बहादुर थापा, विष्णु थापा, लालबहादुर खत्री, भरत खत्री, एविन्द्र खत्री, तारा बस्नेत लगायतका घरहरुवाट चोरी गरेका हुन् । चोरी गर्ने क्रममा उनीहरुले दराज, अटेजी र ढोकाहरु समेत टोडफोड गरेको वडाध्यक्ष खत्रीले बताए ।
गाउँमा चोरीका घटनाहरु बढ्न थालेपछि यतिवेला दुबिचौरमा स्थानीयहरुले रातभर गस्ती अभियान शुरु गरेका छन् । तर अचम्मको कुरा के छ भने स्थानीयहरु राती एकातिर गस्ती हिँडिरहेको अवस्थामा चोरी गर्नेहरुले अर्कै गाउँवाट पसेर राती तीन वजेसम्म चोरी गरि फरार हुने गरेको स्थानीयहरुले बताएका छन् ।
चाडबाडहरु नजिकिदैं जाँदा गुल्मीमा चोरीका घटनाहरु बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला र स्थानीय प्रहरी चौकिहरुवाट सुरक्षाकर्मिहरु परिचालन गरि गस्ती गर्न शुरु गरेको छ । घटनाको जानकारी पाएपछि क्षतिको विवरण संकलन गर्न र चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्न साधा पोसाकमा समेत सुरक्षाकर्मिहरुलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्याल गुल्मीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताएका छन् ।
गत तीनदिन अघि दुविचौर एक जनाले सामान्य झोला बोकेको अवस्थामा दुई जना अपरिचित व्यक्तिहरु गाउँमा झर्दै गरेको आफुहरुले देखेको र ती व्यक्तिहरुले नै चोरी गरेको हुनसक्ने स्थानीयहरुको आशंका छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *