अछाममा २४ बर्षिय युवकको कुटपिट पछि उपचारको क्रममा मुत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अछाममा एक २४ बर्षिय युवकको कुटपिट पछि मुत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका मानसिंह भण्डारीका २४ बर्षिय छोरा सन्तोष भण्डारीको हिजो जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मुत्यु भएको हो ।

मंगलवार मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग आपसि विवाद भएपछि उनि माथी कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाईते भएका भण्डारीको आज दिउँसो जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मुत्यु भएको बताईएको हो । उनको शरिरमा बाह्य चोट धेरै नदेखिएपनी भित्रि भागमा गम्भीर चोट लागेको थियो ।

जिल्ला अस्पताल अछाममा उनको उपचार हुन नसकेपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेपनी उनलाई नेपालगञ्ज लैजानका लागि हेलिकप्टरमा नपु¥याउँदै मंगलसेनमै उनको मुत्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्टले बताउनुभयो । उहाँको भित्रि भागमा गम्भीर चोट भएकाले अछाममा उपचार सम्भब नभएपछी नेपालगञ्ज रेफर गरिएको थियो ।

अछाममा हेलिकप्टर अवतरण हुने बित्तिकै उनको मुत्यु भएको डाक्टर बिष्टले बताए । यता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण मुत्यु भएकाले घटनाको अनुसन्धान जारी रहेको बताईएको छ । कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शाही लगाएतका ४/५ जना युवाको समुहले उनलाई कुटपिट गरेकाले आज बिहानै देखि कुटपिट गर्नेको खोजि कार्य जारी रहेको प्रहरी निरिक्षक तथा जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी रमेशदत्त अबस्थीले जानकारी दिए ।

मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आईसकेको र भुपेन्द्र शाही फरार रहेकाले खोजि कार्य तिब्र पारिएको उनले बताए । मृतक भण्डारीका आफन्तले घट्नामा संग्लन दोषिलाई चाडो भन्दा चाडो पक्राउ गरि कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी समक्ष माग गरेका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *