अछाममा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु १२ जना घाईत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अछाममा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हुनुका साथै अरु १२ जना घाईते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउपालिका वडा नं. ३ का राम नेपाली रहेको अछाम प्रहरीले जनाएको छ । जिल्लाको ढकारीबाट मंगलसैन तर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालक सहित १३ जना घाईते भएका थिए ।

दुर्घटनामा परी गम्भिर घाईते भएका नेपालीको जिल्ला अस्पताल अछाममा उपचार हुन नसकेर थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भईरहेका बेला उनको मृत्यु भएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उरिक्षक (डिएसपी) दिपक भारतीले जानकारी दिनुभयो । घाईते मध्ये चिन्ताजनक अवस्थामा रहेकी पार्बती सुर्जिलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल अछामले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेमा अछामको ढकारी गाउँपालिका ३ का पारु नेपाली, धनसरा नेपाली उज्जले नेपाली, पहराम बुढा, ढकारी ६ का टीका सुर्जी, साँफेबगर नगरपालिकाका मुकेश सुनार, कमलबजार नगरपालिका ५ का पार्वती गुरुङ, ढकारी १ का तपेन्द्र बुढा, सोही ठाउँका जिप चालक ललि नेपाली, कैलाली बौनियाका खकेन्द्र सुनार र पारश सुनार रहेका छन् ।

ढकारीबाट मंगलसेन आईरहेको से १ ज ९१० नम्बरको यात्रुवहाक जीप आज मध्यान्ह करिब १२ बजेतिर कमलबजार नगरपालिका–६ हातिबाँझमा सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाईते भएका मध्ये अर्का १ जनाको अवस्था गम्भिर रहेको अछाम प्रहरीले जनाएको छ । घाईतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भैरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । तीब्र गति र बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *