अछामका बाढीले दर्जनौ घर बगे,६ जनाको शव फेला, १३ जना अझै बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अपडेट- अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ। बेपत्ता रहेका १३ जनाको भने खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वति रावलले जानकारी दिएकिहुन्।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले बताए। यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीय प्रकाश कुँवरले जानकारी दिएकाहुन ।

मंगलबार राति देखिको अविरल वर्षा सँगै आएको बाढीका कारण रामारोशन गाउँपालिका सैनीबजार र छेउछाउका बस्ती बगाएको हो। बाढीले सैनीबजार र छेउछाउका २५ जती घर बगाएको खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार त्यहाँ जाने बाटाहरु पनि बाढीले बगाएका कारण उद्धार टोली सदरमुकामबाट हिँडे पनि पुग्न सकेको छैन। स्थानीयले नै उद्धार गरिरहेको प्रजिअ उपाध्यायले बताए। प्रजिअ उपाध्यायले सदरमुकामबाट तीनवटै सुरक्षा निकाय सम्मेलित ६० जनाको टोली घटनास्थल तर्फ गैसकेको बताए

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *