अख्तियारलाई टंगालबाट ओलीको शरणमा बालुवाटार सार्न नेविसंघको चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियारलाई टंगालमा राख्नुपर्ने औचित्य समाप्त भएको भन्दै बालुवाटर सार्न आग्रह गरे ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिर्दै नेकपाले भातृ संगठन बन्न खोजेको बताए । प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीर्लाइ जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ की प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए । आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *