अख्तियारमा कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी जोशीलाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा। गणेशराज जोशीले पाएका छन्। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको २८ भदौमा कार्यकाल सकिएपछि जोशीले जिम्मेवारी पाएका हुन्।
जोशी घिमिरेसँगै १९ चैत २०७१ मा आयुक्तमा नियुक्त भएका थिए। जोशीको कार्यकाल आगामी १९ चैतसम्म बाँकी छ। आयोगमा जोशीसँगै डा। सावित्री थापा गुरूङ मात्रै आयुक्त छन्। घिमिरेको कार्यकाल सकिएसँगै आयोगमा अब तीन जनाको पद रिक्त भएको छ। संवैधानिक परिषदको बैठक बस्न नसक्दा लामो समयदेखि अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन।
(Visited 1 times, 1 visits today)