अंगरक्षक प्रेमीकाको हतियार लिएर फरार भएका युवक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

न्यायाधीशका अंगरक्षक रहेका आफ्ना प्रेमीकाको हतियार लिएर फरार भएका युवक पक्राउ आज परेका छन् । शिवेन्द्र यादवलाई जनकपुरधाम उप–महानगरपालिका १५ स्थित रामपुरबाट हतियारसहित नियन्त्रणमा लिएको धनुषा प्रहरीका नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

प्रदेश २ को उच्च अदालत जनकपुरधाममा कार्यरत न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर केवटका प्रेमी यादव फरार भएका थिए ।यादवको मोवाइल ट्रयाक गरिरहेको प्रहरीले लोकेसन पत्ता लगाएर जाँदा उनलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । ‘यादवलाई रामपुरस्थित सडक छेउबाटै पक्राउ गरिएको छ’ कार्कीले भने, उनलाई नियन्त्रणमा लिएपछि हतियार पनि बरामद भएको छ ।

न्यायाधीशका अंगरक्षकको पेस्तोल हराएपछि‘

सिवेन्द्रले आफ्ना प्रहरी जवान प्रेमीका केवटले बोक्दै आएको हतियार एक जनाको गोठमा राखेका थिए । एउटा झोलामा हालेर गोठमा लुकाइएको अवस्थामा हतियार फेला परेको प्रहरीको भनाइ छ ।पक्राउ परेका सिवेन्द्रविरुद्व प्रहरीको हतियार लुटेको सन्दर्भमा मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधामस्थित प्रदेश २ को उच्च अदालतका न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा काम गर्दै आएकी प्रहरी जवान रनिता र यादवबीच प्रेम सम्बन्ध थियो । दुबै नवलपरासी जिल्लाको भएको र केही दिन अगाडि यादव आफ्ना प्रेमी केवटलाई भेट्न जनकपुरधाम आएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *